काठमाडौंको दरबारमार्ग टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय खुशी गुरुङ रहेका छन् । सोमबार रासत राति १० बा ४ ख ७९५१ नम्बरको टिपरले प्रदेश ३, ०२ ००३ प ९००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
लमजुङको भोटेओडार स्थायी घर भई हाल ललितपुरको कुमारीपाटीमा बस्दै आएका गुरुङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।












