सुन तस्कर खड्का दुबईमा पक्राउ

प्रकाशित मिति:

बुटवल – संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्कर हरिशरण खड्कालाई पक्राउ गरेको छ । दुबई प्रहरीले केही दिन अघि पक्राउ गरेका खड्का बिरुद्धका कानूनी कागजपत्र नेपाल एनसिबीले दुबई पठाएको छ । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले खड्काको संलग्नतासहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो ।

काभ्रेका खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत प्रतिवादी बनाएका आरोपी हुन् । इन्टरपोलको काठमाण्डु एनसिबीमा इन्चार्ज एसपी उमेशराज जोशीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् । उनले काठमाण्डु एनसिबीले रेड नोटिसमा राखेका खड्कालाई दुबईमा पक्राउ गरि कानूनी कागजपत्र मागेको बताए ।