राजबिन थापा/टोकियो- जापानको साईतामा केनमा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ । सोमवार राति जापानको साईतामा केनमा वाटो क्रस गर्ने क्रममा माईकल गौचनको मृत्यु भएको हो । ग्रीग इन्टरनेशनल कजेल योकोहामावाट सेन्मोन सकेर साईतामाको एक जापानी कम्पनीमा काम गर्दै आएका गौचनको सडक क्रस गर्ने क्रममा मृत्यु भएको जनाएको छ ।
म्याग्दी घर भई काठमाडौं बसोवास रहेको चौचनको गत वर्ष विवाह गरेर आएका थिए । मृतक गौचनको श्रीमति र स(परिवार नेपालमै छन् ।
साईकलमा सवार गौचनको वाटो क्रस गर्ने क्रममा मृत्यु भएको नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले जानकारी दिनुभयो । घटना के कसरी भयो भन्ने वारे डिटेल नआए पनि सडकको छेउमा साईकल रोकेर वाटो क्रस गर्ने ठाउँमा गाडीले ठक्कर दिई मृत्यु भएको बताएको छ । यस वारेमा नेपाली दुतावास टोकियोमा यो सममचार बनाउँदासम्म कुनै खवर नआएको उप(नियोग प्रमुख कृष्णचन्द्र अर्यालले बताउनु भयो ।












