संघीय समाजवादी फोरम नेपाल सरकारमाथि दबाब बढाउन शुरु गरेको छ । सविधान संशोधन, निलम्बन सांसद हरिनारायण रौनियारको फुकुवा लगायतका विषयमा रुष्ट रहेका फोरम नेपाल सरकारप्रति कडा हुँदै गइरहेको छ ।फोरम नेपालका सांसदहरुले आज सभामुख महरासँग भेटेर निलम्बन फुकुवा गर्न दवाव दिएका छन् ।
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न दवाव दिनका लागि फोरम नेपालका सांसदहरु हिजै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेट्न समय माग गरेका थिए । तर, सभामुख महराले व्यस्तता देखाउँदै समय दिएका थिएनन् ।त्यसपछि फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवको नेतृत्वमा गएका सांसदको टोलीले सभामुखको कार्यालयमा पत्र दर्ता गराएर फर्केका थिए । पत्र दर्ता गराएको जानकारी पाएपछि महराले आज १२ का लागि समय दिए ।
आजको भेटघाटमा फोरमका सांसदहरुले निलम्बन सांसद रौनियारलाई फुकुवा गर्नुपर्ने माग राखेका राखेका छन् । संसदीय दलका उप नेता समेत रहेका महासचिव यादवको नेतृत्वमा गएको टोलीले नियमावली विपरित गरिएको निलम्बन फुकुवा हुनुपर्ने माग गरेको छ












