कार्यक्रम भव्य र सभ्य हुदैछ : यन्जन

प्रकाशित मिति:

एनआरएनए युएई क्षेत्रीय समन्वय परिषद अलऐनका सचिव तथा रमाईलो ल्होसार सॉझ २०७५ का कार्यक्रम संयोजक जीवन यन्जन सङ गरिएको कुराकानी

कार्यक्रमको तयारी कहाँसम्म पुग्यो ?
कार्यक्रम को तयारि लगभग अन्तिम चरणमा नै पुगेको छ ।

रमाईलो ल्होसार सॉझ २०७५ कार्यक्रम गर्नुको उद्देश्य ?
ल्होसारको उद्देश्य भनेको नयाँ वर्षमा नयाँ कार्यको थालनी नया सोच नया भिजनले अगाडि बढ्ने पुराना कुरा हरुलाई बिर्सिएर अब आउने भाबी दिनहरुलाइ अझ सहज र सरलताले अगाडि बढ्ने ।

कार्यक्रममा के कस्ता प्रस्तुतिहरु रहनेछन ?

यस कार्यक्रममा गायन , नृत्य र व्यंगात्मक प्रहसन प्रस्तुत गरिने छ सके सम्म ल्होछारलाई छुने खालको नृत्यहरु पस्तुत गर्ने जमर्को गरेका छौ । यस कार्यक्रम सुरुवातमा ॐ माने पेम्बे भन्ने गीत प्रस्तुत गरिने छ । अरु सम्प्रदाय र जातजातिलाई समिटिने खालको गायन पनि प्रस्तुत गरिने छ

यसरि कार्यक्रमको लागि खटिरहँदा कस्तो खाले अनुभव हुने रहेछ

कार्यक्रममा खटिदा रमाइलो भएको अनुभुती भएको छ किन भने हामी समुहगतमा खटिएका छौ ।एक आपसमा भएको काम सबैमा सेयर गर्दै गरिएकोले होला त्यस्तो अप्ठ्यारोपना भएको छैन ।
कार्यक्रम सम्पन्न गर्न खटिरहँदा अन्य संस्था र ब्यक्तिहरुको कस्तो साथ पानुभयो ?

आफ्नो ड्युटी सकिए पछि समय निकालेर ल्होसारको लागि खटिंदा अरु संघ संस्थालेहरूले सकारात्मक सरसहयोग गर्छौ भनेका छन् र सहयोग गरिरहेका पनि छन् अलऐन स्थित संघसंगठनका क्षेत्रीय प्रमुखज्युहरू, समाजसेवी व्यापारी र पत्रकार मित्रहरूले यो कार्यक्रम सब्य र भब्यताका साथ सफल बनाउन धेरै मात्रा सरसहयोग गरिरहनु भएकोछ, उहॉहरू प्रति हामी ल्च्ल्ब् को तर्फबाट आभार प्रकट गर्न चाहन्छौं ।

युएईमा रहने नेपालीहरुका निम्ति तपाईको सन्देश र कसरी निमन्त्रणा दिनुहुन्छ कार्यक्रमको निम्ति ?

ल्होसारले सबैमा शान्ती छाओस प्रबासी भुमिमा बसेर पनि हामिले हाम्रो भाषा कला सस्कृती र धर्म भुल्न हुन्न किन भने हामी परापुर्वकाल देखि नै बहुजाति बहुभाषिक, बहुसास्कृतिक र बहुधार्मिक मान्यतामा रहंदै अनेकतामा एकता, बिधितामा समताको मर्मलाई आत्मासात गर्दै पशुपतिनाथ जानेलाई बौद्धनाथ र स्वयम्भूनाथमा उत्तिकै मानसम्मान छ आदर र सत्कार छ । हामी सबै जातजाति भाषाभाषी एवम् सम्प्रदायका भए पनि एकआपसमा भाइचारा इस्ट मित्र अनि अतिथिदेवो भव भन्नेहेतुले सामाजिक सद्भाव कायम राख्दै सरकारको सहयोगी संस्थाको रूपमा विश्वका ८० मुलुकमा स्थापित गैह्र आवासीय नेपाली संघ ९ल्च्ल्ब्० ले ल्होसार चाडलाई आफ्नै पर्व सम्झेर कार्यक्रम भव्यताका साथ सफल पार्नका लागि सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई संगसंगै हातेमाले गर्दै अघि बढौं भनी हार्दिक निमन्त्रणा गरेकाछौं ।कार्यक्रम भव्य रूपले सफल बनाई दिनु हुनेछ भन्ने आशा गर्दछौं ।