विदेशमा बसेका नेपालीले ढुक्कसँग नेपालमा लगानी गरे हुन्छ : बुद्धिसागर सुवेदी, अध्यक्ष एनआरएनए अमेरिका

प्रकाशित मिति:

मुकुन्द सुवेदी  – आकाशमा काला बादल मडारिरहेको थियो, शहर, बजार, चोक र गल्लीहरुमा मानिसहरुको चहलपहल शुन्यप्रायः थियो । गाउँबस्तीका घरहरु समेत अशान्त थियो । को कति बेला मर्ने हो, नेपाली सेनाले कहाँ लगेर गाडिदिने हो, कोही कसैलाई अत्तो पत्तो थिएन । सारा विश्व कोरोना महामारीले आक्रन्त बनाएको बेला नेपाल अछुतो रहन सकेको थिएन । कोराना महामारीले गाउँ शहर सोत्तर पारेको थियो, अस्पताल, कलेज र अन्य खाली ठाउँ कोरोनाका विरामीले भरिभराउ थिए ।

ठीक त्यति बेला चितवन निवासी हाल अमेरिकाको मेलबाकीमा व्यवसाय गर्ने गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी भने मातृभूमिमा रहेका आमाबाबु, दिदीबहिनी र दाजुभाइको कोरोना कहर सुनेर छटपटाइ रहेका थिए । मातृभूमिको सहयोगका लागि राहत सामग्री कसरी सकंलन गर्ने र नेपाल पठाउन सुवेदी चिन्तित थिए । तर उनको त्यो चिन्ता कोरोना रोकथाम गर्नमा ठूलो राहत सहयोग जुटाएर अमेरिकी सरकारको सहयोगमा विमान चार्टर्ड गरी नेपाल पठाएपछि विस्तारै दूर हुँदै गयो । त्यसपछि उनलाई मातृभूमिका लागि केही भार तिरेजस्तो भयो । रोग, भोक र शोकमा डुबेको नेपालीले ठूलो राहत भयो । नेपालका लागि अमेरिकामा रहेका नेपालीले केही सहयोग गरौँ भन्ने मूल मन्त्र लिएर सुवेदीले त्यसलाई व्यवहारमा उतारेका छन् । अमेरिकामा मात्र होइन विश्वमा छरिएर रहेको आम प्रवासी नेपालीका लागि उदाहरणीय व्यत्तित्व बनाएका छन् सुवेदीले ।

मध्यम वर्गीय परिवारमा जन्मेका सुवेदीले विद्यालयसम्मको शिक्षा चितवनबाट र त्रिविबाट मास्टर्स गरी केही समय बिकट जिल्ला कालकोटमा समेत पढाएको थिए । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही उनका विद्यार्थी हुन् भने अमेरिकामा आउनु अघिसम्म उनी नेपाल कमर्श क्याम्पस मीन भवनमा पढाउने गर्दथे । सानै उमेरदेखि सामाजिक र राजनीतिमा सक्रिय सुवेदी चितवन नेपाली कांग्रेसको राजनीतिमा जिल्ला तहका लोकप्रिय नेतासमेत मानिन्छन् । सन् २००१ तिर अमेरिका आएका सुवेदी अमेरिकन समुदायमा सफल व्यवसायी मानिन्छन् । आफ्नो व्यवसायमा उनले धेरै नेपालीहरुलाई आवद्धता गराएका छन् । रोजगारी दिएका छन् । त्यसो त सुवेदी नेपाली समुदायले जहाँसुकै बोलाउने कार्यक्रममा भरसक छुटाउँदैनन् । समय मिल्लसम्म पुग्ने गर्दछन् । उनी भन्दछन्, ‘नेपालीको भावनासँग म टाढा हुन सक्दिन, फेरि सम्मान गरेर बोलाएपछि जानुपर्छ ।’ उनी अगाडि थप्छन् दुःखद र शुभकार्य होस् वा बिरामी पर्दा अन्य औपाचारिक कार्यक्रममा नपुगे मनले मान्दैन । पूर्वी राज्य न्यूयोर्कदेखि क्यालिफोर्नियासम्म सुवेदी पुग्छन् ।

खर्च अभावले तड्पिएको नेपाली होस वा लास व्यवस्थापन गर्न नसकेको नेपाली परिवार नै किन नहोस् सुवेदीले सबैलाई सहयोग गरेको छन् । व्यत्तिगत र संस्थागत पनि सुवेदीले सहयोग जुटाएका छन् । कोही कसैले दुःख पायो, अफ्ठेरो परेर फलानो ठाउँमा छु भन्यो भने सेवा गर्न उनी पछि पर्दैनन् । उनको काम देखेर नेपाली अभियन्ताहरु भन्ने गर्दछन्– ‘सुवेदी दानवीर पनि हुन ।’ उनको सबैलाई सहयोग गर्ने मनको भावनामा कहिले कमी आएको छैन । बाढी पहिरो आगलागी कोरोना महामारीमा नेपालमा व्यत्तिगत रुपमा पनि खर्च अभावमा परेकालाई सुवेदीले सहयोग गरेका छन् भने विद्यालयमा भवन एम्बुलेन्स खरिददेखि बाटो बनाउने काममा उनको ठूलो सहयोग छ । परिवारमा छोरा बुहारी र श्रीमतिको पूर्ण सहयोग पाएका उनीहरुले व्यापार व्यवसाय सम्हालेको हुनाले उनलाई सामाजिक काम गर्न झन सजिलो भएको छ । त्यस्तो संसारभरि नेपाली संम्लग्न भएको सघं संस्थामा विवादरहित कही कतै पनि छैन । जहाँ गए पनि अमेरीकाको एनआरएनमा पनि सुरुदेखि विभिन्न गुट र समूहहरु क्रियाशील छन् । तर सुवेदीले ती गुट र समूहलाई एउटै छातामुनि समेटेका छन् । विवाद सुल्टाएर सबैलाई मान्य हुने संस्था बनाएका छन् ।

गत वर्ष सम्पन्न एनआरएन अमेरीकाका अधिवेशनमा स्वस्फूत रुपमा २२ हजार नेपालीले सदस्यता लिएकोबाट प्रमाणित हुन्छ । सुवेदी भन्दछन्– ‘एनआरएनएको महत्व अन्य बढ्दै गएको छ ।’ पूर्वसभापति सुनिल शाहको समितिमा उपाध्यक्ष भएर काम गरेका सुवेदी भन्छन– ‘हिजोसम्म एनआरएनए अमेरीका चाहिदैन भन्ने साथीहरु अहिले संस्थामा सक्रिय हुनुभएको छ । आगामी दिनमा अमेरीकामा बस्ने ७५ प्रतिशत नेपाली यो संस्थामा आवद्ध हुने मैले विश्वास लिएको छु ।’ नेपाल सरकारले स्वदेशमा लगानी गर्ने बाटो सजिलो पार्दै लगेको र हालैको नागरिकता विद्ययकले पनि हाम्रो माग धेरै हदसम्म सम्बोधन गरेको छ । सुवेदी खुशी व्यक्त गर्दै भन्दछन्– ‘अब विदेशमा बसेका नेपालीले ढुक्कसँग नेपालमा लगानी गरे हुन्छ । हुन पनि अरु नेपालीले अमेरिका छिरेपछि भोगने पीडा सुवेदीले पनि सुरु सुरुमा नभोगेको होइनन् । तर अङग्रेजी भाषाको राम्रो ज्ञान र अमेरिकी कानून र समाजलाई बुझनसकेपछि त्यति गाह्रो नहुने उनको बुझाइ छ। नेपाललाई अमेरिकामा चिनाउने काम विभिन्न राज्यमा भएका नेपाल परेड डेले गरिरहेको छ । त्यसमा पनि सुवेदीको नेतृत्वदायी भूमिका सक्रिय छ । उनी भन्दछन्– ‘हामीले अमेरिकाको मूलधारको राजनीतिसँग नेपाललााई अझ सहयोग गर्ने पहल गरेको छौँ ।’

एमसीसी परियोजनाले नेपाललाई धेरै फाइदा पुग्ने सुवेदीको विश्वास रहेको छ । एमसीसी लगायतका अन्य सहयोग नेपालले अमेरिकाबाट लिनुपर्छ स्वागत गर्नुपर्छ सुवेदी खुलेर भन्दछन् । भविष्यमा अमेरिका नेपालको सम्बन्धमा अरु मजबुत हुने विश्वास सुवेदीको छ । अगाडि भन्दछन्– ‘डिभी भर्नेदेखि अध्ययन र अन्य भिषामा अमेरिका आउनेहरुको संख्या हेर्दा थाहा हुन्छ । नेपालमा पनि अमेरिका विरोधी भावना कम हुदै गएको छ । हाम्रो संस्था अमेरीका नेपालको जनस्तरको सम्बन्ध बनाउन क्रियाशील भएर लागेको छ । आगामी दिनमा थप सक्रिय भएर लाग्नेछ । अमेरिकामा रहेका र आउन लागेकालाई एनआरएनए अमेरिकाले सबै खाले सहयोग गर्दछ । अमेरिकामा कसरी आर्थिक शुद्धिकरण गर्ने भन्ने तौरतरिकाहरु सिकाउँछं । त्यसका लागि सुवेदीले आफ्नो संस्थामा सम्पर्क राख्न सबैलाई अनुरोध गरेको छन् ।