हिसान खेलकुद सप्ताह भोलिदेखि

प्रकाशित मिति:

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बिहीबारदेखि सुरु हुँदैछ ।फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने खेलकुद सप्ताहका संयोजक रामहरि सिलवालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । माकलवारीमा हुने फुटसलको ब्वाइजमा २५ र गल्र्समा ७ टिम सहभागी हुने छन् ।

बसुन्धारास्थित ऋत एकेडेमीमा हुने बास्केटबलको ब्वाइजमा २५ र गल्र्समा ८ तथा नेसनल मावि, बालकुमारीमा हुने भलिबलको ब्वाइजमा १८ र गल्र्समा १० टिमको सहभागिता रहने छ ।नयाँ बानेश्वरको प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ४० प्रतिस्पर्धीले भाग लिने बताइएको छ । टेबलटेनिसमा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । प्रिमियरमै हुने टग अफ वारमा २२ टिमले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

खेलकुद सप्ताह सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले जानकारी गराए । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ हुन लागेको खेलकुद सप्ताहकै दौरान कविता, बक्तृत्वकला र हाजिरी जवाफ पनि हुने आयोजकले जनाएको छ ।