आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको ज्यान गयो

प्रकाशित मिति:

रोल्पा – आफैले चलाएको बन्दुकको गोली लागेर बिहीबार रोल्पामा एक युवाको ज्यान गएको छ ।घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिनुभयो । बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बताउनुभयो ।

भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यस अघि पनि एक नागरिकले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।