सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।












