त्रिवेणी / विनय त्रिवेणी अपागंता समुहको आयोजना तथा विनय त्रिवेणी गाउपालिका वडा नम्बर ६ र ७ को सयुक्त सहयोगमा अपागंता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण कार्यक्रम शुक्रबार विनयी त्रिबेणीमा सम्पन्न भएको छ । विनय त्रिवेणी अपागंता समुहका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता तथा विनय त्रिवेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुगंको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुगंले समाजमा अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गर्नु नै मानवता रहेको बताउदै उहाँले अपागंता भएका व्यक्तिलाई आफुले सक्दो सहयोग गर्ने र गाउपालिकामा आउने विभिन्न सीपमुलक तालिम, चेतनामुलक कार्यक्रमहरुमा यहाहरुलाई सहभागि गराउने बताउनुयो ।
सो अवसरमा विशिष्ट अतिथि विनयीत्रिबेणी वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्री, अतिथिहरु विनयी त्रिबेणी ७ का समुह अध्यक्ष धनिराम महतो, जिलला अपांग संघका निर्वतमान अध्यक्ष रमेश श्रेष्ठ, ब्लुमिंग बोर्डिंग स्कुलका शिक्षिका मिना पुलामी लागएतको उपस्थिती रहेको कार्यक्रममा ३ जना अपांगता भएका ब्यक्तिहरुलाई ३ वटा ह्वील चियर वितरण गरिएको थियो भने ६३ जना अन्य अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा, ज्याकेट र स्वीटर वितरण गरिएको थियो ।
समुहका सदस्य जंग बहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहका विष्नु देवी पाण्डेले गर्नुभएको थियो ।












