गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ

प्रकाशित मिति:

काठमाण्डौ – गोंगबुमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

गए राति विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको छ । उनको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।