डिपिएलको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीय विजयी

प्रकाशित मिति:

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा धनगढी स्टार्सलाई ५ रनले पाराजित गर्दै सिवाइसी अत्तरीय विजयी भएको छ। सिवाइसी अत्तरीयाका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै सन्नी पटेलले २, दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले एक–एक विकेट लिए। ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी स्टार्स पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो।धनगढी स्टार्सका लागि रोहन मुस्तफाले १८, सन्दीप रजाली ११, सोमपाल कामी १०, सुनिल धमला ४, अमिर हयातले ४ रनको योगदान दिए। त्यस्तै अमित श्रेष्ठ, पवन सर्राफ, सौरभ खनाल खाता नै नखोली आउट भए। त्यस्तै राजु रिजालले २६ रन बनाएर अविजित रहे पनि धनगढीलाई जिताउन सकेनन्।यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरीयाले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा ९५ रन बनाएको थियो। सिवाइसी अत्तरीयाका लागि जयकिसन कोल्सावालाले २६ बलमा खेल्दै २१, प्रेम तमाङ १२, दिपेन्द्रसिंह ऐरी ११, सुबेन्दु पाण्डे ३, सन्दीप जोराले २ रन बनाएका थिए।