चुत्र महत फाल्गुण, स्याङ््जा \ तेस्रो बयरघारी रमाईलो मेला तथा पुरुष भलिबल प्रतियोगिता यही फाल्गुन १७ देखि हुने भएको छ । स्थानीय आँधीखोला पिस युथ क्लब भीरकोट नगरपालिका १ स्याङ््जाले शिक्षा स्वास्थ्य, खेलकुद र पर्यटन प्रर्वद्धनको लागी रमाईलो मेलाको आयोजना गरेको हो । यसअघि पहिलो र दोस्रो गरी २ मेला सफलतापुर्वक सम्पन्न गरिसकेको क्लबले यही १७ देखि २७ गते सम्म ११ दिने मेलाको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
शिक्षा, स्वास्थ्य र खेलकुदका साथै रचनात्मक सामाजिक कार्यका लागी अग्रसर हुने ध्येयले तेस्रो पटक समेत मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक राजकुमार गुरुङले बताउनुभयो । संयोजक गुरुङले भन्नुभयो,“यस अगाडि आयोजित मेलाबाट बचत रकम हामीले विभिन्न प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गरेका थियौँ र यसपटकबाट बचतको रकम समेत रचनात्मक सामाजिक कार्यमा खर्चिनेछौँ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा बचत रकम लगानी गर्ने भन्दै गुरुङले भन्नुभयो, “मेलामा विषेश गरी युवाहरुको आर्कषण रहेका भलिबल प्रतियोगिता समेत आयोजना गरेका छौँ ।
२ सय स्टल रहने मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्रि, कृषि उपजको प्रदर्शनी तथा विक्रि, हस्तकला प्रर्दशनी तथा विक्रि, सूचना प्रविधिका विषयमा जानकारी, अटोमोबाईल, पर्यटन प्रर्वद्धनका सामाग्रीको प्रदर्शनी, नगरपालिकामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिईनेछ । मेलामा पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति, नेपाली संस्कृति झल्कने नृत्य, हाँस्यब्याङग्य प्रस्तुति, बालउद्यान, लाईभ कन्र्सटलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम मेलाको आर्कषण रहेको छ । भलिबल प्रतियोगितामा विजेतालाई नगद १ लाख सहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दर्ता शुल्क ५ हजार रहेको छ ।
मेला सम्पन्न गर्नका लागी १४ उपसमिति गठन गरी कार्य अगाडि बढाईएको आयोजकले जनाएका छन्् । साढे २ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको दावी रहेको छ । ८० लाख खर्च लाग्ने अनुमान गरीएको मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । २० लाख बचत गर्ने आयोजकको भनाई छ । कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ््गानाले मेला समग्र भीरकोटको पहिचान भएकाले आयोजक टिक मेला सम्पन्न गर्नका लागी पुर्ण रुपमा खट््नुपर्ने बताउनुभयो । स्थानीय सरकारको विधि, निति, नियमको दायरामा रहेर महोत्सव सम्पन्न गर्नुपर्ने भन्दै युवाहरुद्धारा आयोजित मेलामा सबैको साथ र सहयोग आवश्यक रहने उहाँको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले मेलाले युवाहरुलाई समृद्ध समाज तथा राष्ट्र निर्माणमा जोड््ने बताउनुभयो । अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव सुस्मीता गुरुङले गर्नुभएको थियो ।










