डिपिएलमा रुपन्देही च्यालेन्जर्स को हार

प्रकाशित मिति:

धनगढी प्रिमियर लिग डीपीएल मा रुपन्देही च्यालेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ। डीपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देहीलाई १ सय रनले पराजित गर्यो। रुपन्देहीले लज्जास्पद हार मात्रै व्यहोरेन ब्याट्सम्यानले समेत निराशाजनक प्रदर्शन गरे। रुपन्देहीका सुमित महर्जनले बनाएको ५ रनको स्कोर सर्वाधिक बढी रह्यो।  १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलव १ ओभरमा अलआउट हुँदै ३३ रनको स्कोरमा खुम्चियो। रुपन्देहीका कुनै पनि खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन्। रुपन्देहीका प्रदीप ऐरी ४, सन्दीप सुनार, बाबर हयात, पुनित मेहरा र विक्रम शोब समान ३र३ रन तथा बसन्त रेग्मी २, ललित भण्डारी र विनोद भण्डारी समान १ / १ रनमा आउट भए। रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका नन्दन यादवले ३ तथा ललित राजवंशी र सुर्य तामाङले समान २/२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो। काठमाडौंका लागि अंकित दावसले सर्वाधिक ४३ रन बनाए। यस्तै अनिल शाहले २३ तथा रासिद खानले अविजित १४ रन बनाए। रुपन्देहीका ललित भण्डारी, पुनित मेहरा र अनिल खरेलले समान २ / २ विकेट लिए। काठमाडौंले ४ खेलबाट ७ अंक जोडेको छ भने रुपन्देहीको समान खेलबाट ४ अंक रहेको छ। रुपन्देहीको समेत अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै रहेको छ भने काठमाडौं अघिल्लो चरण प्रवेश गरिसकेको छ।