करेन्ट लागेर धादिंगमा एक जनाको मृत्यु

प्रकाशित मिति:

धादिङ– धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ५ बुङचुङमा विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।

दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडी पानी तताउने क्रममा करेन्ट लागेर घाइते भएका २७ वर्षिय विष्णु श्रेष्ठको मृत्यु भएको हो।सख्त घाइते उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानकारी दिए।

थप समाचार