नेविसंघ सिद्धार्थ गाैतमबुद्ध क्याम्पसद्वारा प्रजातन्त्र दिवशको अवसरमा दीप प्रज्वलन

प्रकाशित मिति:

बुटवल – ६९ औँ प्रजातन्त्र दिवसकाे अवसरमा बुटवलकाे सिद्धार्थ गाैतमबुद्ध क्याम्पस नेबिसंघले दीप प्रज्जवलन गरेकाे छ ।

क्याम्पसमै आयाेजित कार्यक्रममा नेबिसंघले एक सय चार वर्षको जहानिया राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा दीप बालेर खुसीयाली मनाएकाे हाे । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै कार्यक्रम गरिएकाे सभापति महेश शर्माले  बताए ।