राहत संग बलिउडको प्रतिशोध

प्रकाशित मिति:

टी सीरीजले १५ फेब्रुवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानको नयाँ गीत ज़िन्दगी सार्वजनीक गर्ने तयारी गरेको थियो । अहिले म्युजिक कम्पनीले आफ्नो युट्युब च्यानलका साथै अन्य सामाजिक सञ्जालबाट गायकको म्युजिक भिडियो हटाएको छ । पुलवामा आतंककारी आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकारहरुलाई चिड्याउन थालेको हो । राहतले १४ फेब्रुवरीमा ट्विटरमा ट्वीट गरेका थिए जसमा उनले लेखेका थिए, टी सीरीज मेरोको गीतलाई सार्वजनीक गर्दैछ । तर पुलवामा आक्रमणपछि टी सीरीजले मृत सैनीकका परिवारलाई समर्थन गर्दै भिडियो हटायो । राहतको एक गीत सार्वजनिक गरिए पनि त्यसलाई तुरुन्तै हटाइयो । टी सीरीज अहिले पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै प्रकारको बिषयबस्तुलाई सहयोग गर्न चहादैन । कम्पनीले भारतीयहरुको भावनालाई ध्यानमा राख्दै र विस्फोटमा ज्यान गुमाएका जवानको सम्झनामा सो निर्णय लिएको हो ।महाराष्ट्र नवनिर्माण सेनाको शाखा चित्रपट सेना प्रमुख अमेय खोपकरले भने, हामीले भारतीय संगीत कम्पनिहरु जस्तै टी सीरीज, सोनी म्युजिक, भिनस, टिप्स म्युजिकसँग पाकिस्तानी गायहरुसँग काम नगर्न भनेका छौं । यी कम्पनिहरुले यस्तो काम तुरुन्द बन्द गर्नुपर्छ नत्र हामी आफ्नो शैलीबाट कारबाही गर्नेछौं ।