‘भुनिया’ले कसिन् लगनगाँठो

प्रकाशित मिति:

चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएकी मोडल तथा कलाकार हरिशा बानियाँ ‘भुनिया’ ले लगन गाठो कसेकी छन् ।हरिशाले यही साता काठमाडौँ निवासी लगन पोखरेलसँग लगनगाँठो कसेकी हुन्। उनीहरु लामो समयदेखि प्रेममा थिए।

उनले टेलिशृङ्खला ‘मेरी बास्सै’मा निभाएको ‘भुनिया’को भूमिकाले उनी चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई धेरैले चिनेका थिए । तर पछिल्लो समय भने उनी कलाकारीतामा देखा परेकी छैनन् ।