बुटवलमा जारी २१ औँ संस्करणको तिलोत्तमा गोल्डकपमा क्यामरुनी दाफिन्स फाइनलमा प्रवेश गरेको छ ।बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको खेलमा रुपन्देही ११ लाई शुन्यका बिरुद्ध २ गोलले पराजित गरी क्यामरुनी दाफिन्स फाइनलमा प्रवेश गरेको हो । आजको खेलमा रुपन्देही ११ का मनोज श्रेष्ठ म्यान अफ दी म्याच भएका छन ।दश खेलाडीमा सिमित हुनुका बावजुद दाफिन्सले आयोजक लाली रुपन्देही–११ लाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।प्रतिस्पर्धात्मक खेलमा दाफिन्सका लागि दुवै गोल डिडेर टिनाले गरे । उनले खेल शुरु भएको दोस्रो मिनटमै पेनाल्टीबाट पहिलो गोल गरे भने दोस्रो हाफको अन्तिमतिर ८४ औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीलाई निराश तुल्याए ।प्रतियोगिता अन्तरगत भोली शुक्रबारको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।फागुन १३ गतेसम्म चल्ने गोल्डकपको बिजेताले ८ लाख ८० हजार र उपविजेता टोलीले ५ लाख ५० हजार रुपैयाँ हात पार्नेछन्।












