बुटवल उद्योग वाणिज्य संघले आज बिभिन्न कार्यक्रम गरी ६६ औं स्थापना दिवश मनाएको छ ।२००९ सालमा तदर्थ समिति गठन भई २०१० साल फागुन १० गते प्रसाशन कार्यालयमा दर्ता भएको दिनलाई स्मरण गरी आज ६६ औं स्थापना दिवश मनाईएको हो ।दिवशका अवसरमा संघले संघ सचिवालय बाल मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।संघले बुटवल माध्यमिक बिद्यालयलाई पानी फिल्ट प्रदान गरेको छ ।
संघका अध्यक्ष खिम बहादुर हमालले बिद्यालयका अध्यक्ष बिमल बहादुर शाक्य र प्रधानाध्यापक अकरा मुल्लाह खाँ लाई हस्तान्तरण गर्नुभयो ।स्थापना दिवशका अवसरमा संघले लुम्विनी प्रादेशिक अस्पतालमा उपचरार्थ भर्ना भएका बिरामीलाई फलफुल बितरण गरी दुग्धपान गराएको छ ।त्यस्तै सुत्केरी महिलालाई प्याड तथा शिशुलाई डायापर र पाउडर समेत बितरण गरेको थियो । डेरी समितिले दुध र जस्मिन हाईजिन प्रोडक्टले शिशुका सामानको सौजन्य गरेका थिए ।
त्यसअवसरमा बोल्दै अस्पतलाका मेडिकल सुपरीटेण्डेन डा. कृष्ण खनालले स्थानीय आर्थिक बिकास र स्वास्थ्य बिकासमा महत्वपुर्णभुमिका निर्वाह गरेको संघले अस्पतालका बिरामीलाई दुग्धपान गराई स्थानीय उत्पादनको प्रवद्र्धन गरी बिरामीको सेवा प्रतिको सहानुभुति दर्शाएको बताउनु भयो । उहाले बिगतमा प्रसुति गृह निर्माण गरेर अस्पतालको स्तरबृद्धिमा सहयोग पुर्याएको संघले अहिले पनि थप स्तरबृद्धिका लागि सक्रियता देखाउन आग्रह गर्नुभयो ।
संघका पुर्व अध्यक्ष अर्जुनमान सैजूले स्वास्थ्य मानव जीवनको पहिलो पहिलो आधार भएकाले यस क्षेत्रका उद्योगि व्यवसायीहरुले समाजिक कार्यमा स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनु भयो ।संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूको धन्यवाद, महासचिव दिनेश प्रसाद श्रेष्ठको सञ्चालन र कार्यसमिति सदस्य बसन्त ढकालको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।












