जागिर खुवाइदिने भन्दै घुस लिने पक्राउ

प्रकाशित मिति:

कपिलबस्तु /शिक्षकमा नियुक्त गरिदिन्छु भनेर एक लाख रुपैयाँ लिईरहेको अवस्थामा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । घुस रकम सहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ परेका हुन् ।

शनिबार दिउँसो श्री कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका समदस्य विजयनाथ चौवे पक्राउ परेका छन् । उनले शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।