अमेरीका \ गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आगामी कार्यकालको लागि कोलोराडो राज्यमा कोलोराडो च्याप्टर बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले आगामी कार्यकालको लागि कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको कोलोराडोमा बस्ने नवराज न्यौपाने समाजसेवा साथै राजनीति मा सक्रिय छन् छोटो समयमा नै सबै बिच परिचित न्यौपाने नुवाकोटमा जन्मेका हुन भने नेपालमा व्यवस्थापन सङ्कायमा स्नातक पास गरी स्नाकोतर सम्मको अध्ययन गरेका छन् । नेपालमा हुँदा सरस्वति क्याम्पस र नुवाकोट मा नेपाल विद्यार्थी सङ्घको राजनीति गरेका न्यौपाने समाजसेवामा सानै देखी रुचि राख्ने व्यक्ति हुन । २०१५ मा अमेरिका आएका उनी हाल एनआरएनए अमेरिका कोलोराडो च्याप्टरको बोर्ड अफ डाइरेक्टर हुन । उनले वर्तमान कार्यसमिति विभिन्न निर्णय गर्दा आफुले दुबै पक्षलाई मिलायर सर्वसम्मति निर्णय गर्न भूमिका खेलेको र आफूले चुनाव जितेमा सबैलाइ मिलाएर लाने पर्तिवदता ब्यक्त गरेका छन्












