होहोट- चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरूले आइतवार दिएको जानकारीअनुसार शनिवार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरू २९ जना घाइते भएका छन् ।
जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । चीनका कोइलासमेतका अरू खानीहरू मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।












