भारतले फेरि गर्‍यो आक्रमण, ४ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । यो आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमण केही घाइते भएका छन् ।

भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।