चलचित्र कलाकार र निर्माताको जमघट

प्रकाशित मिति:

बुटवल । तुवा“लो फिल्म परिवारको संयोजनमा यस क्षेत्रका चलचित्र कलाकार तथा निर्माताहरुको वुधवार तिलोत्तमा बनवाटिकामा जमघट भएको छ ।भेलामा सहभागी निर्माता तथा कलाकारहरुले बुटवल चलचित्र निर्माणमा राजधानी पछिको दोश्रो उर्वर भूमि भएपनि कलाको सम्मान नहुदा पछाडी परेको गुनासो गरेका छन । कलाकारितामा मात्र बाच्न गाह्रो हुने भएकाले कलाकारहरु पलायन भएको बताउदै निर्माताहरुमा पनि उत्साह नभएको बताए ।प्रविधिको विकास भएपनि कलाकारिताका विकास नभएको निर्माता तिलक नेपालीले बताए । नेपाली कथानक चलचित्र तुवालोका निर्माता भिमसेन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भाग्यको खेलका निर्माता तथा निर्देशक सुरेन्द्र वराल, चलचित्र निर्माता राजेश विक, चलचित्र निर्माता गिरी प्रसाद सुनार, कलाकार कुलचन्द्र पुरी लगायतले कला क्षेत्रको विकासको लागि संगठित रुपमा आवाज उठाउनु पर्ने र राज्यले पनि कलाकारिता क्षेत्रको प्रवद्धनात्कम कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा १ दर्जन भन्दा वढि चलचित्र निर्माताहरु र करिव ६० जना कलाकारहरुको सहभागिता रहेको आयोजकले जनाएका छन । लुम्विनी मुभी मेकर प्रालि र जिएस मुभी मेकर्स प्रालिको प्रस्तुती तुवालो जातिय विभेद विरुद्धको कथामा आधारित छ । यसको नेपालको बुटवल काठमाडौ लगायतको स्थानमा र विदेशमा अमेरिकामा समेत च्यारेटि शो भईसकेको निर्माता भिमसेन श्रेष्ठले जानकारी दिए । उक्त चलचित्रका शुसिल क्षेत्री मुख्य नायकको रुपमा देखीएका छन भने पुजा पराजुली नायिका हुन । छायाङन तथा निर्देशन दिपक परियार र शेरवहादुर बरालले गरेका छन । कार्यक्रममा चलचित्रका कलाकारहरुलाई सम्मान गरिएको थियो ।यसै विच चलचित्र सागरको शुभमुहुर्त गरिएको छ । जिएस मुभी मेकर्स प्रालिको ब्यानरमा तयार गर्न लागिएको उक्त चलचित्रको कलाकारबाट डाईगल सुनाएर शुभमुहुर्त गरिएको थियो ।