नेपाली फुटबलको विकासमा चीनको साथ

प्रकाशित मिति:

काठमाण्डौ /चीनको फुटबल संघका अध्यक्ष चाई झिन्हुआ नेपाल आइपुगेका छन् ।नेपालको २ दिने भ्रमणका लागि काठमाण्डौ आएका झिन्हुआ र अखिल नेपाल फुटबल संघ एन्फाका बीचमा महत्वपूर्ण सम्झदारी भएको छ । चिनियाँ खेलकुद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गरेका हुन् ।

जस अनुसार चीनले नेपाली फुटबलको विकासमा सहयोग गर्नेछ । बिहीबार नै चिनिया फुटबल संघका अध्यक्ष झिन्हुआ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार नेपाली फुटबलका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण मुख्य विषय रहेको जनाइएको छ ।सम्झौतापछि आयोजित समारोहमा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा योगदान गर्ने चीनको सहमतिको प्रशंसा गर्नुभयो भने चीनका अध्यक्ष झिन्हुआले नेपाल र चीनको फुटबल बिकासमा आधार तयार भएको बताउनुभयो ।