कास्की / पोखरामा जारी १७ औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्री स्टार क्लब बीच प्रतिष्पर्धा हुने भएको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको दाउफिन्सलाई १० ले पराजित गरेपछि आर्मीले उपाधि भिडन्तमा थ्री स्टारसँगको भेट पक्का गरेको हो। आर्मीलाई उपाधि यात्रा तय गराउनमा खेलको १३ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको एकमात्रै गोल पर्याप्त रह्यो। यसअघि थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरी फाइनल प्रवेश गरेको थियो। फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ।










