यसो नगरेको भए दुर्घटनाबाट बँच्ने रहेछन् रवीन्द्र

प्रकाशित मिति:

काठमाडौं – नेकपाका अर्का सांसद विजय सुब्बाले पर्यटनमन्त्री रविन्द्र अधिकारीले पाथिभरा जानुअघि सोच्नुपथ्र्र्यो भन्ने प्रतिक्रिया दिएका छन् । सांसद सुब्बाले पाथीभरा जानु गल्ती भएको बताए । ‘उता नगएको भए दुर्घटना हुने थिएन । मौसमको टुंगो नहुने ठाउँ हो । पाथिभरा जान सोच्नुपर्थ्यो,’ नेकपा सांसद सुब्बाले भने, ‘मौसम खराबी, हिउँ पर्दापर्दैको अवस्था, कतिबेला के हुन्थ्यो भन्ने थाहा हुँदैन, त्यसैले सोच्नुपथ्र्यो ।’

नेकपा नेता सुब्बाले दिवंगत मन्त्री रविन्द्र अधिकारीको स्मरण गर्दै भने, ‘उहाँ सबैको प्रिय र लोकप्रिय मान्छे हो । यस्तो मान्छे नेपाली राजनीतिमा अत्यन्त आवश्यक हो ।’ तेह्रथुमको चुहानडाँडामा विमानस्थल अवलोकनका लागि तेह्रथुममा सांसद विजय सुब्बा पनि मन्त्री अधिकारीसँगै काठमाण्डुबाट हेलिकोप्टरमा जाने योजनामा थिए । तर, अन्तिममा आएर सांसद सुब्बा जान पाएका थिएनन् ।