कांग्रेस नेता भण्डारी शनिबारदेखि एक हप्ता जिल्ला रहने

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी शनिबार एक हप्ताको लागि गृह जिल्ला तनहुँ आउने हुनुभएको छ। भण्डारीको निजी सचिवालयले दिएको जानकारी अनुसार शनिबार १८ गते पार्टीद्धारा छाब्दीमा अयोजित कार्यक्रममा सहभागी हुने र व्यास १ मा जारी भलिबलको समापन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी १९ गते आईतवार मिर्लुङ, सतिस्वाँरा र गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयको महायज्ञ समापन गर्नु हुनेछ भने २० गते सोमबार भानु नगरपालिकाको ढाडखोलामा शिवलय मन्दिर र सामाजिक भवनको उद्घघाटन गर्ने कार्यक्रम रहेको छ। पूर्वमन्त्री भण्डारीले २१ गते मंगलबार ऋषिङमा र २२ गते बुधबार देवघाट गाँउपालिको सिनचाङमा पार्टीको वडा भेलामा सहभागी २३ गते बिहिवार देवघाटमा कार्यकर्ता भेटघाट २४ गते शुक्रबार मनपाङ्गमा गुरूङ समुदायको भवन उद्घघाटन र २५ गते शनिबार व्यास ६ साँगेको विभिन्न कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ। जिल्ला रहदा जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ।