दार्चुलामा जिप दुर्घटना,११ जनाको मृत्यु

प्रकाशित मिति:

दार्चुला– दार्चुलामा भएको जिप दुर्घटना परि मुत्यु हुनेको संख्या ११ पुगेको छ।सदरमुकाम खलंगाबाट हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जिप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको हो।दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र एक नावालक गरि ११ जनाको शव फेला परेको दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए।

दुर्घटनाग्रस्त जिपमा बढी यात्रु सवार रहेकाले अन्यको उद्धार भइरहेको उनले जानकारी दिए।घटना एकदमै भिरमा भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताए।तीन दिनअघि त्यही क्षेत्रमा सुख्दा पहिरो खस्दा एक जनाएको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए।घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ।