पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति:

पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७।० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९यूएसजीएस० ले जनाएको छ।भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गा खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ।यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पेरूको अजाङ्गारो सहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २ सय ५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

विभागका अनुसार दक्षिण अमेरिकामा गएका ठूला भूकम्पको केन्द्रबिन्दु प्रायस् ७० किलोमिटरको गहिराईभन्दा तल हुने गरेको छ।पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि ७।५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा ९ जना घाइते भएका थिए भने कतिपय भवनमा आंशिक क्षति भएको थियो।तर, उक्त भूकम्पबाट पेरूमा क्षति भएको थिएन।