टोकियो । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको प्रमुख आतिथ्यतामा आइतवार टोकियोमा एक विशेष अन्तरक्रिया कार्यक्रम आइतबार हुने भएको छ । जाइकाको एक कार्यक्रममा भाग लिन नेता थापा नेपालबाट जापान आइसक्नु भएको छ ।समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका बिषयमा नेता थापासंग विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको हो । समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका बिषयमा नेता थापासंग विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको हो । कार्यक्रम आइतवार अपरान्ह साढे एक बजेदेखि टोकियो शिनओकुबोमा हुने कार्यक्रम संयोजक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । समृद नेपाल निर्माण अभियान, जापानको आयोजनामा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता माननीय श्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा समृद नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका” बिषयमा विशेष अन्तरक्रिया कार्यक्रम हुन गइरहेको हुनाले जापान स्थित संघ सस्था, बुद्धिजीबी, पत्रकार बिधार्थी ब्यवसायी तथा विभिन्न क्षेत्रमा संग्लग्न हुनुभएका सम्पूर्ण जापान बासी नेपाली हरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको छ ।












