नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिमा संयोजक तोकियो

प्रकाशित मिति:

काठमाडौं \  नेपाल विद्यार्थी संघको स्याङ्जा काठमाडौं सम्पर्क समितिले विभिन्न क्यम्पसहरुमा संयोजक तोकेको छ।  नेपाल कमर्स क्याम्पस मीनभवनमा नारायण अधिकारी त्रि चन्द क्याम्पसमा हरी कँडेल,अस्कल क्याम्पसमा पद्मा भुसाल संयोजकमा चयन भएका छन्। त्यसैगरी शंकर देव क्याम्पसमा अस्मिता गोदार,एडभान्स इन्जिनिरिङ्गमा शुभम् डुम्रे र टेक्निकल क्याम्पसहरुको समन्वय गर्ने गरी संयोजकमा योगेश खड्का चयन भएका छन्। सम्पर्क समितिको आज बसेको बैठकले संगठनले चैत ६ मा होली पर्व उत्साहका साथ सामूहिक मनाउने निर्णय गरेको सम्पर्क समितिका अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी दिए।