नेपालकै बहुचर्चित धार्मिक तिर्थस्थल मध्य एक मानिने नवलपरासीको त्रिबेणी स्थित गजेन्द्र मोक्ष धाम रहेको नाराण भगवानको नवनिर्मित मन्दिर आइतबार एक भब्य समारोहका बीच समुद्घाटन हुने भएको छ । लामो समयदेखी मन्दिर सरसफाई, रंगराग लगाएतका कार्य पश्चात मन्दिरलार्य पुर्णता दिई समुद्घाछन गर्न लागिएको धामका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्ननार्चाले जानकारी दिनुभएको छ ।
उद्घाटन समरोहमा नेपाल भारतबाट आउने विभिन्न साधुसन्त धर्मगुरुहरु मोक्ष धाममा आइसकेको जानकारी गराउदै स्वामी प्रपन्नाचार्यले नारायण भगवानको मन्दिर निर्माण कार्यमा २२ करोडको लागत लागेको जानकारीदिनुभएको छ भने गजेन्द्र मोक्ष धाममा थप मन्दिर निर्माणका लागी दानविरहरुको बाक्लो दान आउने समेत बताउनुभएको छ । मुक्तिनाथ पिठाधिश स्वामी कमल नयनाचार्यको महाकामना र प्रत्यक्ष निर्देशनमा निर्माण भएको नारायण भगवानको मन्दिरलाई दक्षिण भारतका कलाकारहरुबाट निर्माण कार्य र सिंगारिएको बताइएको छ । मन्दिर सिभत्र भगवान विष्नुका दशावतारको रुप र धार्मिक विविधता तथा देवी देउताहरुको कलात्मक मुर्र्तीलाई पनि आधुनिक पद्धतीबाट सिंगारिएको छ ।












