देवदहमा भएको स्लो बाईक रेशको उपाधी सुरेशले जिते

प्रकाशित मिति:

झबिन्द्र देबकोटा, देबदह /रुपन्देहीको देवदहमा पहिलो पटक भएको खुल्ला स्लो मोटरसाईकल रेशको उपाधी सुरेश रानाले जितेका छन् । देवदह १० चरंगेका रानाले फाईनलमा पुगेका ९ जनालाई अगाडि पार्दै स्लो मोटरसाईकल चलाएर उपाधी जितेका हुन् । उनले उपाधी सहित २० हजार नगद मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजना गरिएको स्लो मोटरसाईकल रेशमा १ सय ८० जना मोटरसाईकल चालकहरु प्रतिस्प्रर्धामा उत्रिएका थिए । उनीहरुलाई उछिन्दै बुटवलका प्रगेन उदय द्वितीय भए भने तिलोत्तमा शिवपुरका राधेश्याम नन्दथारुले तृतिय स्थानमा चित्त बुझाएका छन् । उनीहरुले क्रमश १० हजार र ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् । विजयी प्रतियोगिहरुलाई मेला समापनको अवसरमा पुरस्कार वितरण गरिने स्लो मोटरसाईकल रेश खेल संयोजक अमृत अर्यालले जानकारी दिए । फागुन १७ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिता तीन दिन चलेको हो भने प्रतियोगितामा रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका मोटरसाईकल चालकहरु सहभागि भएका थिए । तिब्र गतिमा मोटसाईकल चलाउदा दुर्घटनाका घट्नामा वृद्धि भएकाले मोटरसाईकल दुर्घटनालाई कम गर्न स्लो मोटरसाईकल रेश संचालन गरिएको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले जानकारी दिए ।

यसैबीच भलिवलको दोस्रो चरणको खेल सोमबारबाट सुरु हुने छ । शनिबार पहिलो चरणका तीन खेलहरु भएका छन् भने दोस्रो, सेमिफाईन र फाईनका खेलहरु क्रमश हुदै जाने भलिवल संयोजक कपिल गौतमले जानकारी दिए ।