परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम आफ्नै मौलिक हिसाबमा सम्पन्न गर्ने बताएका छन्। सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौताको मर्ममै रहेर नेपालले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोगको काम सम्पन्न गर्ने मन्त्री ज्ञवालीले बताएका छन्।नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम मुख्यतः पाँच आधारमा गर्ने पनि मन्त्री ज्ञवालीेले बताएका छन्। नेपालको बृहत शान्ति सम्झौता, नेपालले प्रतिवद्धता जनाएका अन्तर्राष्ट्रिय कानुन, पीडित पक्षका गुनासा, सर्वोच्च अदालतका निर्देशन र नेपालको सन्दर्भका आधारमा मेलमिलाप तथा वेपत्ता आयोगको काम सम्पन्न गर्ने मन्त्री ज्ञवालीले बताए।












