सबलपोस्ट / दाङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेपालले बिहीबार राप्ती बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले राप्ती बन्दको घोषणा गरेको हो । मंगलवार दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ परेका ३ जना र फागुन २० गते रोल्पावाट पक्राउ परेका पार्टीका नेताको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ ।
ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइ गर्न माग गरिएको छ । यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेका छन् । बन्द बिहीबार बिहान ५ देखि साँझ ६ बजेसम्म गरिने बताइएको छ । तीनै जना नेता मंगलबार तुलसीपुरको विएस पार्टी प्यालेसबाट पक्राउ परेका थिए ।












