भारततर्फ भाग्न लागेको एक जोडी प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

बैतडी – बैतडीको नेपाल भारत सीमानाको झुलाघाटबाट भागेर भारत जान लागेका एक जोडीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–५, का २३ वर्षीय शंकर बोहरा र २१ वर्षीया हरिना बोहरा ९नाम परिवर्तन०रहेका छन् । दवैैजनाको पहिले बिहे भैसकेकाले दोस्रो बिहे गरेर भारत जान लागेको बुझिन आएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले बताउनुभयो ।

‘बझाङ प्रहरीमा ३ दिन अघि बहुविवाह गरी भागेको भन्ने मुद्धा परेको रहेछ,’ उहाँले भन्नुभयो, ‘भारत जाने सीमा नाका बैतडीमा पर्ने भएकोले हामीलाई खबर आएको थियो ।’पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकोमा बिहीबार दुवै जनालाई बझाङ प्रहरीलाई बुझाइने र बझाङ प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाइएको छ ।