फिफाले अनुमती नदीएपछी नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

प्रकाशित मिति:

काठमाडौं \ नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो। मलेसियासँगको खेल स्थगित भएपनि कुवेतसँग आगामी मार्च २१ लाई तय भएको खेल भने नेपालले खेल्नेछ। नेपालले कुवेतसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। साथै स्थगित भएको मलेसियासँगको खेलको नयाँ मितिसमेत चाँडै घोषणा गरिने मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ।