बिदाको दिन चलाएका सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरीले विनापास सार्वजनिक बिदाको दिन चलाएका सरकारी निकाय तथा संस्थानका गाडी नियन्त्रणमा लिन सुरु गरेको छ ।सरकारी कामको लागि पास लिएकाबाहेक अरु गाडीलाई नियन्त्रणमा लिन सुरु गरिएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

शनिबार २९ वटा पासविनाका सरकारी र संस्थानका गाडी नियन्त्रणमा लिइएको र गाडी चालकलाई सम्झाइबुझाइ छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।सार्वजनिक बिदाको दिन पासविनाका सरकारी तथा संस्थानका गाडी नचलाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।