हजार शब्द लेख्दा नबुझिने कुरा मात्र एउटै तस्विरले प्रष्ट पारिदिन्छ । पछिल्लो समय फोटोको मोह यति बढिरहेको छकि सामाजिक सञ्जाल देखि मानिसको दैनिक जिवनमा गर्दै आइरहेका विभिन्न कार्यमा समेत फोटो तथा भिडियो अत्यावश्यक जस्तै बनिरहेको छ । कोहि सोखका लागि मात्र फोटोग्राफीलाई अंगाल्ने गर्दछन त कोहि व्यवसायिक रूपमानै यसमै आबद्ध भएका हुन्छन धेरैको भिडमा आफ्नो सोख लाई व्यवसायमा परिणत गरि विगत लामो समय देखि व्यवसायिक रूपमानै फोटोग्राफीलाई अंंगाल्दै आउनुभएका फोटोग्राफर हुनुहुन्छ माधब पन्थ । २०४४ सालमा गुल्मी जिल्लाको साविकको दिगाम तथा हालको छत्रकोट गाउँपालिका ४ मा जन्मनु भएका पन्थ मोडल बन्ने रहर का साथ केही गीत तथा फिल्ममा समेत अभिनय गर्नुभएको छ । अहिले भने उहाँ बुटवलका एक सफल फोटोग्राफरका रूपमा चिनिनुहुन्छ । वेडिङ फोटो अवार्ड २०१७ को पब्लिक च्वाइस फोटो अवार्ड बाट सम्मानित समेत हनुभएका पन्थ लुम्विनी फोटोग्राफर संघ रूपन्देहीको दोस्रो कार्यकालको सचिब समेत हुनहुन्छ । मोडल बन्ने इच्छा लिनुभएका पन्थ कसरी फोटोग्राफर हुनुभयो ? यसै संग सम्बन्धित रही सबल पोष्ट का लागी झविन्द्र भण्डारीले गरेको कुराकानी
बुटवल कसरि झर्नुभयो ?
पाचँ बर्षको उमेरमानै बुबा गुमाएकोले एस.एल.सि. सम्मको पढाई विहान वेलुका घाँस दाउराको सहारामानै वित्यो । २०६० सालमा एस.एल.सि. पास गरेपछी पढाइको शिलसिलामा बुटवल झरे । सामान्य परिवारमा जन्मिएको म पढेर मात्र नपुग्ने अवस्था थियो । विदेशमा रहनुभएका दाइहरूले नेपालमै केही गर्नुपर्छ भन्दै होटल खोल्ने सल्लाह दिनुभयो । मेरो इच्छा भने मोडल बन्ने थियो २०६३ सालमा पढाइ संगै होटलमा काम सिक्न थाले । आफ्नो मोडल बन्ने इच्छा लाई साकार पार्न डान्स सिक्न सुरु गरे । त्यहि शिलसिलामा मेरो प्रेरणाका स्रोत आदरणिय दाई मनिष पन्थ संग भेट भयो । होटलको काम दुई महिना पछि छाड्दिए । मनिष दाई संगको भेट पछि उहाँ संगै सुटिङमा जान सुरु गरे ।
गीतको सुटिङ संगै अभिनय पनी गर्नुभयो ?
भोजपुरी गीतको सुटिङ हुदा पहिलो पटक मैले लाइट देखाए । त्यस दिन लाइट देखाए बापत रु १६० कमाएको थिए । मनिष दाईले पहिलो दिनको सुटिङमा पैसा कमाएको सायद तिमै नै पहिलो होला भनि मलाई हौसला दिनुभएको थियो । मोडल बन्ने मेरो इच्छा संंयोगले बाताबरण पनी संगीतमय बनेको थियो । गायिका दिदि जानकी पन्थ संगको मेरो बसाई, क्याम्पसमा साथी गायक विष्णु भण्डारी अनी दाई मनिष पन्थ संगको सम्पर्क यो मेरो लागी संयोगनै भन्नुपर्छ । त्यो समयमा मोडल बन्नका लागि कपाल पाल्नै पर्छ भन्ने एक प्रकारको चलन नै थियो । पातलो पातलो ज्यान भएपनी मैले पनी कपाल पाल्न थाले । मोडल बन्नका लागी गीत त निकाल्नै प¥यो । त्यही क्रममा म संग त कुनै पैसा थिएन घरमा आमा संग म हिरो बन्छु भन्दै पैसा मागे आमाले ८० हजार २ रूपीयाको व्याजमा ऋण खोज्दिनु भयो । मेरो र विष्णु भण्डारीको संयुक्त एल्बमको रूपमा मेरै जरो कति खन्चेउ र बोलको लोकगीत निकाल्यौ । जसमा शब्द जानकी पन्थ, लय विष्णु भण्डारी, स्वर खुमन अधिकारी र विष्णु भण्डारीको थियो । जुन गीतको छायांकन तथा निर्देशन मनिष पन्थले गर्नुभएको थियो भने अभिनय मेरो र कुमारी परियारको थियो । क्यासेटको जमाना रहेको त्यो समयमा क्यासेट राम्रै विके तर कम्पनी गायब हुनाले गीतबाट एक रुपिया कमाइएन नाम मात्र चर्चित भयो । पैसा डुब्यो भन्दा हुन्छ । यो गीत पछि बाटोमा हिड्दा धेरैको नजर ममाथी पर्न थाल्यो जुन गीतको प्रभाब थियो ।
फिल्म सुटिङमा पनी हिड्नु भयो ? कस्ता–कस्ता फिल्मको सुटिङ गर्नुभयो ?
२०६४ तिर भर्खर मात्र डिजिटल फिल्म भित्रदा हलहल सम्म फिल्म देखाउन पनि पुगियो । दाजु मनिष पन्थ संगै केही फिल्मको सुटिङमा जाने अबसर मिल्यो । पहिलो पटक मेरो साथी भन्ने फिल्ममा निर्माण नियन्त्रणको जिम्मा मिल्यो । मनिष दाई संगै सुटिङमा हिड्दा योत मनिषकै भाई हो भन्ने धेरै थिए । दाईले मलाई सधै आफ्नै भाईको जस्तै व्यवहार गर्नुहुन्थ्यो । दाई संगै भोजपुरी फिल्मका लागी गोरखपुरमा एक महिना बसेका थियौ । फिल्म संगै त्यो समयको अत्यन्त चर्चित गीत अर्जुन कौसलको भिरको बाटोमा गीतको विज्ञापनमा सानो अभिनय गर्ने अबसर मिल्यो अन्य केहि फिल्मको निर्माण नियन्त्रणको जिम्मा पाएको थिए । ति फिल्म हरूमा जिन्दगानी दर्पण छाया, हाम्री चेली र द वल्ड कप इन नेपाल थिए । त्यस क्रममा मैले क्यामरा सम्बन्धि पनी केही जानकारी राख्दै गए ।
त्यसपछी त फिल्मी क्षेत्र छोडेर फोटोग्राफीमा आउनुभएछ किन ?
बुटवलमा बसेर अनि फिल्मी क्षेत्रमा रहेर नाम मात्र भयो । आफ्नो खर्च मात्र पु¥याएर नपुग्ने अबस्था आयो भने विस्तारै घरबाट पनी दबाब आउन थाल्यो । भाई पढ्न का लागी बुटवल झरेपछी भाईको खर्च पनी म माथी नै आएपछी पैसा विना हिरो बन्न नसकिदो रहेछ भन्ने मैले बुझे । फिल्मी क्षेत्रमा हिड्दा फोटोग्राफी र भिडियोग्राफी को केही ज्ञान थियो । म हिडिरहेको क्षेत्रको विकल्प खोज्नै पर्ने अबस्था आयो । दाईहरूको सल्लाह पनी भाई लाहुरे नभैदिए हुन्थ्यो भन्ने थियो । सोही अनुरूप म फिल्मी क्षेत्रबाट यहि क्षेत्रकै सम्बन्धित क्षेत्र फटोग्राफी गर्ने तय गरे । त्यसका लागी २०६८ सालमा पाल्पा भैरब फोटो स्टुडियो मिलनचोक बुटवलका सञ्चालक माधब पन्थ दाईको सल्लाह बमोजिम स्टुडियो चलाउने कुरा भयो तर त्यतिवेला म संग पैसानै थिएन मेरो दुःख दाईलाइ सुनाएपछी दाईले तिमी संग पैसा छैन भने ६ महिना सम्म चलाउ कमाइ भयो भने पैसा देउला यदि भएन भने मेरो तलब यति भयो भन म दिन्छु भन्ने दाईको सल्लाह या भनौ प्रेरणामा मैले स्टुडियो जिम्मा लिए । मेरो लागी माधब पन्त दाई भगबान जस्तै हुन्ुाभयो । त्यतिवेला म संग ३०० मात्र थियो पसलको मुल्य २ लाख ५० हजार थियो । पसल चलाउन सकिन्छ भन्ने भएपछी ऋण धन गरेर स्टुडियो आफ्नो बनाए । संयोग के भयो भने दाईको नाम पनी माधब पन्थ जसले गर्दा कसैले पसल किनेको पत्तो पाएनन् भने दाईले पनी आफ्ना ग्राहक हरूलाई भाई पसलमा छ भनेर पठाउनु हुन्थ्यो । जसले गर्दा मलाई निकै सहज भयो । जुन स्टुडियो बाटै म अहिले सम्म बाचिरहेको छु ।
पारिवारिक सहयोग कस्तो छ ? फोटो खिचेरै परिवार पाल्न सकिदो रैछ ?
कुनै पनी कार्य परिवारको साथ र सहयोग विना अपुरो, अधुरो हुन्छ । मैले परिवारको निकै राम्रो साथ पाएको छु । भाई भुपेन पन्थले यहि पेसामा निरन्तर मलाई सहयोग गरिरहेको छ । हामी दुई भाई जस्तो भन्दा पनी साथी साथी जस्तै छौ । यसरीनै आगामी दिनमा अगाडी बढ्ने छौ । हाम्रो पाँच जनाको परिवार यसमै निर्भर छौ । त्यसका साथ साथै २ जनाले जागीर पनि गर्छन । हामीमा एकै पटक धेरै खाज्ने प्रवृत्ति छ जसले मानिसलाई विगार्ने गर्छ । लगनशिल र मेहनतका साथ काम ग¥यो भने हरेक कार्यमा सफल भइन्छ । सबैभन्दा ठुलो कुरा त हामिमा आत्म शन्तुष्टि हुन आवश्यक छ ।
२०१७ को वेडिङ फोटो अवार्ड कसरी जित्नुभयो ?
काठमाण्डौ फोटोग्राफर संगको आयोजनामा सञ्चालन भएको वेडिङ फोटो अवार्ड २०१७ को पब्लिक च्वाइस फोटो अवार्ड १२ सय प्रतियोगी मध्ये मैले खिचेको फोटो उत्कृट भई जित्न सफल भए । जुन काठमाण्डौको राष्ट्रिय नाच घरमा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट प्राप्त गरेको थियो । यो अवार्डले मलाई फोटोग्राफी गर्न थप उत्साह प्रदान ग¥यो । मेहनतको फल पाइदो रहेछ खुसि छु ।
फोटोग्राफीका राम्रा र नराम्रा पक्ष के देख्नुहुन्छ ?
हरेक क्षेत्रका ब्यक्तिहरू संग घुलमिल तथा नयाँ नयाँ ठाउको दृश्यावलोकन गर्न पाइन्छ । हामिमा अहिले सम्म पनी कस्तो प्रवृत्ति छ भने चार पाँच लाखको क्यामेरा वोकेर हिड्ने फोटोग्राफर नभई पनी नहुने अनि अलि सानो दृष्टिकोणले हेर्ने प्रचलन छ जुन न्यायोचित हुनै पर्छ । एउटा फोटो लाई पत्रकारले पत्रिकामा निकाल्यो भने त्यो फोटो सबैको वा वाही हुन्छ । तर त्यो फोटो खिच्ने ब्यक्ति सधै पर्धा पछाडी हुन्छ । यहिनै हो हामिहरूको तितो यथार्थता ।
अन्त्यमा के भन्नुहुन्छ ?
मैले सानै उमेरमा बुबा गुमाएकोले गर्दा होला दुःखी ,असायहरू प्रती सहयोग गर्ने इच्छा जाग्छ । बुबाको नामबाटै जन्म भुमीको विद्यालयमा अक्षकोष स्थापना गर्ने सोचमा छु । मलाई सामाजिक काम गर्न निकै मन पर्छ । आगामी दिनमा कसरी अझै फोटोग्राफी लाई गुणस्तरीय बनाउने तर्फ मेरो ध्यान जागृत हुने छ । अन्त्यमा मलाई यो अवस्था सम्म ल्याउन ठुलो सहयोग गर्नुहुने आदरणीय दाजुहरू मनिष पन्थ र माधब पन्थ तथा हरपल सहयोग सद्भाव राख्ने सम्पूर्ण साथीभाई आफन्तजनहरू लाई हृदय देखि नमन ।










