फाईनलमा कसिस र सुबिन भिड्ने

प्रकाशित मिति:

बुटवल/बुटवलमा जारी छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिताको फाइनलमा कसिस कोइराला र सुबिन थापा भिड्ने भएका छन । रुपन्देही पुल तथा स्नुकर सघंको आयोजनामा फागुन २५ गतेबाट सन्चालीत प्रतीयोगीतामा कसिस कोइरालाले सेमिफाइनलमा रुकु खानलाइ ४ –१ को सेटले पराजीत गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

उता दोस्रो सेमिफाइनलमा सुबिन थापाले शिशिर गुरुङलाइ ४ –३ सेटले पराजीत गर्दै फाइनलमा कसिससगको भेट पक्का गरेका हुन । प्रतियोगितामा १ सय ३८ जना खेलाडीहरुले भाग लिएका थिए । बिजेताले ३५ हजार रुपैया र उपविजेताले २० हजार रुपैया पुरस्कार साथै शिल्ड मेडल प्राप्त गर्ने रुपन्देही पुल तथा स्नुकर सघंका उपाध्यक्ष सुजन पुनले जानकारी दिए । रुपन्देहिमा रहेका स्थानीयस्तरका खेलाडीहरुलाइ प्रोत्साहन गर्न प्रतीयोगीताको आयोजना गरिएको रुपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष एवम क्युटेक स्नुकर हाउसका सन्चालक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । खेलमा कतार निवासी नवलपुर समाज कतारका बरिष्ठ उपाध्यक्ष तथा स्नुकर संस्थापक सदस्य रिषीकुमार वाग्लेले प्रथम पुरस्कार सौजन्य गरेको क्लबले जनाएको छ ।