इण्डोनेसियामा शक्तिशाली भूकम्प: भूकम्पमा परी १० जनाको मृत्यु

प्रकाशित मिति:
१३ साउन, काठमाडौं । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ ।