अमेरीका । अमेरीकाको पेन्सेलभेनीया राज्यको एक्टन सीटीमा एन्टा र अपन मधेशी समाज को आयोजनामा होलीमीलन कार्यक्रम मनाईएको मुकेश यादलले राजकारी दीनु भएको छ । एन्टा न्युर्योक च्याप्टरको अध्यक्ष निलु झा र अपन मधेशी समाजको अध्यक्ष विनोद वैठाको विषेश उपस्थीती तथा ग्रामीण नेपाल क्लव हाउसका अध्यक्ष मुकुन्द सुवेदी को उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । अमेरीकामा प्रत्येक वर्षनै होली मीलन कार्यक्रम मनाउने गरीएको र आगामी दिनमा पनी यसैगरी मनाउने आयोजकले जनाएको छ । होली मीलन कार्यक्रम मा अमेरीकाको विभिन्न राज्यवाट नेपालीहरुको सहभागीता रहेको थियो ।













