एजेन्सी /बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । एस।एस। राजमौलीको फिल्म ‘आरआरआर’ मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् । बाहुबली सिरिज बनाउने राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् ।
राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताएका हुन् ।पहिलो पटक दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको आलियाले बताएकी छिन् । फिल्म सन् २०२० को मे ३० मा रिलिज हुनेछ ।













