होलीमा गगन थापाले यसरी दिए रंगीन शुभकामना

प्रकाशित मिति:

काठमाडौं । मुलुक होलीमय भइरहेको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा बुधबार तथा तराईमा बिहीबार होली मनाइँदैछ । यसै अवसरमा रङ्गहरुको पर्वमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले रंगीन शुभकामना दिएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा सन्देशसहित आफ्नो परिवारको रंगीन तस्वीर पोष्ट गरेका छन् ।  उनले लेखेका छन् –रंगको पर्व होली–फागुले सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता र सामाजिक सद्भाव कायम गरोस्। सबैमा फागुको रङ्गिन शुभकामना । होली रे …।