NRNA NCC अमेरिकाको बोर्ड सदस्य उम्मेद्वार रोशन अधिकारीलाई किन जिताउने 

प्रकाशित मिति:

अमेरीका । एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार रोशन अधिकारीले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क(NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएका छन् । चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि नै अधिकारीले छापा माध्यमको पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई स्थापित गराउन सफल अधिकारीको उम्मेद्वारी परे सँगै अमेरिकामा उनी एका एक चर्चामा आएका छन् । चितवनमा छापा पत्रकारिताले भर्खरै पाइला अगाडि बढाइरहेको समयमा अधिकारीले ूनारायणी साप्ताहिकू पत्रिका नारायणगणको पोखरा बसपार्कबाट प्रकाशित गरेर आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रायः समय सामाजिक क्षेत्रैमा विताउन रुची राख्नेन अधिकारीको अधिकाँश उर्जाशिल समय सामाजिक कार्यमा नै वितेका छन् ।

विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको अनुभव लिएका अधिकारी अमेरीका पुगेपछि पनि सामाजिक कार्यलाई निरन्तरता दिन पछि परेनन् । सानैदेखि सामाजिक कार्यमा केही गरौँ भन्ने भावना लिएका व्यक्तिका रुपमा परिचत अधिकारी अमेरीका पुगेपछि पनि पत्रकारिता क्षेत्रलाई अंगालि रहेका छन् । अधिकारीले पत्रकारिता पेशा संगसंगै एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका छन् । एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्नि सफल भएका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा बस्दै आएका अधिकारीले सामाजिक क्षेत्रमा गरेको कामको अनुभवले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् ।  अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको अधिकारीले बताए । सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको लामो अनुभव रहेकाले आफूलाई जिताउन सबैसंग उनले आग्रह समेत गरेका छन् ।