चर्चित कलाकार सरिता लामिछाने विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

प्रकाशित मिति:

काठमाडौँ -कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी परेको छ । आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी सरिता बिरुद्धकलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् ।

आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको र कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उजुरी दिएका हुन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाएका छन् ।सरिताले पनिे उजुरीका विषयमा आफुलाई जानकारी भएको र आइतबार छलफलका लागि बोलाइएको बताएकी छन् ।