नेपाली जनसम्पर्क समीती संग कांग्रेस नेता गगन थापाको अन्तरकृया

प्रकाशित मिति:

केपी भट्ट अमेरीका । नेपाली जनसम्पर्क समिति वोस्टन च्याप्टरको आयोजनामा नेपाली कांग्रेसका युवा नेता गगन थापा संग अन्तरकृया कार्यक्रम अमेरीकामा सम्पन्न भएको छ । वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि आएका थापा को स्वागतमा आयोजना गरीएको भेटघाट कार्यक्रममा सो अन्तरकृया भएको थियो । नेपाली जनसम्पर्क समिति वोस्टन च्याप्टरले आयोजित हिमालयन विष्ट्रोमा आयोजित भेटघाट कार्यक्रममा नेपालको राजनीती तथा नेपाली काग्रेसको महाधिवेशनका सदन्र्भमा चर्चा भएको थियो । च्याप्टरका सभापति ध्रुव घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरु विजय शर्मा, प्रल्हाद केसी, विष्णुमणि आचार्य, लोक लामा, अर्जुनजंग कुँवर, यादव दुलाल, सरिता ओली, राजेन्द्र थापा, दिनेश पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो