आइपीएल : सन्दीपले लिए बेंग्लौरको विकेट

प्रकाशित मिति:

काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्।

दिल्ली क्यापिटल्स् बाट खेलिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

४ ओभर खेलेका सन्दीपले ४ छक्कासहित ४६ रन खर्चिएका छन्।

याे सीजनकाे आइपीएलमा सन्दीपले बेंग्लाैरविरूद्धकाे खेलमा सबैभन्दा बढी रन खर्चिएका छन्।